नक्कली शरणार्थी प्रकरणलाई राजनीतिको फण्डा नबनाउन ओलीको सुझाव (भिडियो)

डिसी नेपाल
२८ वैशाख २०८० १४:२९

काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणलाई राजनीतिको फण्डा नबनाउन सुझाव दिएका छन्। विहीबारबाट ललितपुरमा सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीले निष्पक्ष छानविन गर्नुपर्ने भन्दै सरकारमा रहेकाले यसलाई राजनीतिको फण्डा बनाउन नहुने बताएका हुन् । भ्रष्टाचारबिरुद्ध सशक्त भएर लाग्ने नीति एमालेको भएकाले निष्पक्ष छानविन र अविलम्व अघि बढाउनका लागि उनले आग्रह गरे।

उनले उक्त प्रकरणमा एमालेकै नेता लगाएत विभिन्न व्यक्तिहरूको नाम आइरहेकाले भ्रष्टाचार गर्ने कार्यमा जोसुुकै संलग्न भएपनि कारवाही हुनुपर्ने बताए । ओलीले आरोप लागेको व्यक्तिलाई दोषी करार गर्न नहुने भन्दै आरोपबाट भागे सन्देह उत्पन्न हुने भएकाले टोप बहादुर रायमाझीले अनुसन्धानमा सहयोग गर्नुपर्ने धारणा राखे।

प्रतिशोध राखेर वा पूर्वाग्रहपूर्ण ढंगले फसाउने प्रयास भएको अवस्थामा एमाले सहेर नवस्ने उनले बताए । अध्यक्ष ओलीले अहिले कर्मचारीलाई तलब खुवाउन मुस्किल पर्ने अवस्थामा अयोग्य लडाकुलाई दुई लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर अगाडि बढ्न खोजिरहेको आरोप लगाए।

ओलीले अहिले भ्रष्टाचारको बिरुद्धमा आवाज उठाउनेको मुख थुनिदिने प्रवृत्ति मौलाएको तर्क गरे । अमरेशकुमार सिंहले संसद्‍मा भ्रष्टाचारको विरोध गरेपछि उनका बिरुद्ध अख्तियारमा उजुरी परेको उनले बताए । त्यस्तै ओलीले लामो समयदेखिको समस्यामा रुपमा रहेको भूटानी शरणार्थीलाई तेश्रो मुलुकमा पुर्नस्थापना गर्ने काम आफ्नै नेतृत्वमा भएको दावी गरे। दुई दिनसम्म चल्ने केन्द्रीय कमिटी बैठकमा बिभिन्न १० वटा एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ ।

हेनुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *