भर्जिनियाको फेयरफ्याक्समा गायिका सिने गुरुङ, मोक्ष मन्त्र, स्नोमास र बेसमेन्ट ब्याण्डको एकसाथ प्रस्तुती हुँदै

डिसी नेपाल
३० वैशाख २०८० १८:२०

भर्जिनिया। अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टीको तन्दुरी नाइट्स चमेनागृहमा प्रसिद्ध गायिका सिने गुरुङ, मोक्ष मन्त्र, स्नोमास र बेसमेन्ट सङ्गीत मण्डली (ब्याण्ड)को प्रस्तुती हुने भएको छ।

कोरोना महामारीपछि गायिका गुरुङ तथा सङ्गीत मण्डलीहरुले भर्जिनियामा एकसाथ बिशेष प्रस्तुति दिने भएका छन्। कार्यक्रम आगामी मे १९ का दिन शुक्रबार हुने भएको छ।

कार्यक्रम ठिक ७ बजे सुरु हुने बताईएको छ। टिकट दर केवल २० डलर अगाडी खरिद गर्दा पाइने छ भने कार्यक्रम स्थलमा २५ डलर मा खरिद गर्नुपर्ने आयोजकले जानकारी दिए।

आयोजकले यस क्षेत्रमा बसोबास गर्ने र सङ्गीतप्रति रुचि राख्ने सबै नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध गर्दै सबैलाई चुलो निम्तो दिएका छन्।

कार्यक्रमको ठेगाना 10312 willard way ,fairfax va 22030 रहेको छ भने कार्यक्रम तन्दुरी नाइट्समा हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *