बिचार गोष्ठीः ‘नेपालको कृषि प्रवर्द्धनमा नेपाल भारत बिच सहकार्य’

डिसी नेपाल
३१ वैशाख २०८० १३:१९

काभ्रे। बनेपामा नेपालको कृषि प्रवर्द्धनमा नेपाल भारत बिच सहकार्य विषयक विचार गोष्ठी सम्पन्न भएको छ । नेपाल भारत मानव विकास तथा मैत्री संघ र नेपाल कृषि सहकारी केन्द्रीय संघको आयोजनामा भएको विचार गोष्ठी सम्पन्न भएको हो।

नेपाल भारत बिच सहकार्यमा विभिन्न कार्यक्रमहरु हुँदै आएको छ । शुलभ कर्जा, प्रविधि, अवलोकन भ्रमण आदन प्रदान, अनुदान लागयतका विषयमा भारत सरकारको सहयोगमा देशभरका विभिन्न स्थानका किसानहरुलाई तालिम प्रदान गर्दै आएको छ । आगामी दिनमा भारत सरकारबाट प्राविधक तथा आर्थिक सहयोगको अपेक्षा गर्दै उन्नत बीउ र रासायनिक मलमा सहयोग गर्न कार्यक्रमका प्रमुख अथिति नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठकले आग्रह गरेका छन् ।

उनका अनुसार नेपालका ७७ वटै जिल्लामा १२ सय भन्दाबढी साना किसान कृषि सहकारीहरू मार्फत १३ लाख घरपरिवारमा ३२ अर्ब पुँजी परिचालन गरिरहेको बताएका छन्। । कृषिको उत्पादन वृद्धि र उचित बजारीकरणमा भारत सरकारलाई सहयोगको अपिल गर्दै कृषि उपज ढुवानीका सवारी साधन उपलब्ध गराउन समेत आग्रह गरे।

यस्तै विचार गोष्ठीका विशिष्ट अतिथि नेपालका लागि भारतीय राजदुतावासका राजनीतिक प्रथम सचिव नवीन कुमार श्रीवास्तवले नेपाल–भारतको सम्बन्ध विशिष्ट र सुमधुर रहँदै आएको बताउँदै आगामी दिनमा थप प्रगाढ बनाउन भारत सरकार प्रतिबद्ध रहेको बताए । उनले नेपालको कृषि प्रवर्द्धनमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न भारतीय सरकार तयार रहेको बताउँदै आगामी दिनमा नेपालको सर्वाङ्गिण विकासमा भारत सरकार र भारतीय जनताका तर्फबाट निरन्तर सहयोग रहने समेत बताएका छन्।

भारत सरकारले नेपालको बृहत्तर विकासमा सधै साथ र सहयोग गर्दै आएको नेपाल भारत मानव विकास एवं मैत्री संघका अध्यक्ष सुर्य भुषालले बताएका छन्। बिगत २०७२ सालको बिनासकारी भुकम्पबाट आहत नेपाललाई भारतले १ खरब भारतीय रूपियाँ सहयोगको प्रतिबद्धता गरेको तर नेपाल सरकारले करिब ५० अरबको मात्र सहयोग सदुपयोग गरि बाँकी ५० अरब रकम नेपालको कृषि प्रवर्द्धनमा लगानी गर्नुपर्ने उनले बताए ।

कार्यक्रमको सभापतित्व जिल्ला कृषि सहकारौ संघ काभ्रेका अध्यक्ष सुमन नेपालले गरेका थिए।कार्यक्रममा काभ्रेका विभिन्न स्थानका किसानहरुको उपस्थिती रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *