१३ वर्षमा प्रहरी अधिकृत बनेकी सोनाक्षी
मुम्बई, १ जेठ । रीमा कागतीको निर्देशनमा बनेको वेब सिरिज ‘दहाड’ ओटीटी प्लेटफर्म प्राइम भिडियोमा रिलिज हुँदैछ।
साेनाक्षी सिन्हा स्टारर सिरिज एक्सेल इन्टरटेनमेन्ट र टाइगर बेबी प्रोडक्सनको व्यानरमा बनेको हो । यो ८ भागको क्राइम ड्रामा हो। सोनाक्षीका लागि यो डिजिटल डेब्यू हो।
सिरिजमा सोनाक्षीका अलावा सोहम शाह, गुलशन देवैया र विजय बर्माको पनि अभिनय छ। सिरिजमा सोनाक्षी सब–इन्स्पेक्टर अञ्जली भाटीको भूमिकामा छिन् ।
‘दबंग’बाट सुरु गरेको १३ वर्षपछि मैले एक प्रहरी–पत्नीको भूमिका निभाएकी छु। यो सिरिजले मलाई प्रहरीको भूमिका दियो। मलाई लाग्छ, म यो भूमिका निभाउनकै लागि जन्मिएको थिएँ। यो मेरा लागि एउटा सुखद अनुभव थियो,’ उनले भनेकी छन्।
सिरिजले घर र कामलाई सन्तुलन गर्ने महिलाको कथालाई देखाउने सोनाक्षीको दाबी छ। उनले स्क्रिप्टका लागि सहमत हुन आफूलाई एक घण्टा भन्दा कम समय लागेको खुलाइन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment