सर्टिफिकेट नहुँदा ब्रिटेनमा रोकियो ‘दि केरला स्टोरी’

डिसी नेपाल
१ जेठ २०८० १३:०८
332
Shares

मुम्बई। सुदीप्तो सेनको फिल्म ‘द केरला स्टोरी’लाई लिएर भएको विवाद अब केवल भारतमामात्र सीमित रहेन, यो विवाद ब्रिटेनमा पनि पुगेको छ।

ब्रिटिस बोर्ड अफ फिल्म क्लासिफिकेसन (बिबिएफसी)ले यो फिल्मलाई प्रदर्शनअघि कुनै पनि सर्टिफिकेट दिएको छैन।

फिल्मले सर्टिफिकेट नपाएपछि त्यहाँका भारतीय समुदाय आक्रोशित भएका छन्। यद्यपि बिबिएफसीले बिक्री भएका सबै टिकटको पैसा फिर्ता गरिदिएको छ भने फिल्मको सार्वजनिक समय पनि पछि सारेको छ।

यो फिल्म ब्रिटेनको ३१ थिएटरमा हिन्दी र तमिल भाषामा मे १२ मा रिलिज हुने तयारीमा थियो। तर सबै थिएटरका वेबसाइटमा यसको टिकट बिक्रीमा रोक लगाएर सबै शो रद्द गरिएको छ।

सलोनी नामकी दर्शकले गत बुधबार सिने वल्र्डमा फिल्म हेर्नका लागि ३ टिकट किनेकी थिइन्। तर शुक्रबारमात्र उनलाई एक इमेल आयो, जहाँ उमेर सर्टिफिकेसनको कमीका कारण बिबिएफसीले द केरल स्टोरीको बुकिङ रद्द गरिएको उल्लेख थियो। उनका अनुसार ब्रिटेनमा रहेका अधिकांश भारतीयले फिल्म हेर्ने योजना बनाएका थिए। जसका लागि थिएटर ९५ प्रतिशत बुक भइसकेको थियो।

बिबिएफसीले भने फिल्मका लागि अहिले पनि सर्टिफिकेसनको प्रक्रिया चलिरहेको जनाएको छ। उसले फिल्मको उमेर रेटिङ र एडभान्स कन्टेन्ट प्राप्त भएमा फिल्म यूकेका थिएटरमा देखाइने बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *