१२ करोडमा निमार्ण भएको मलयालम फिल्म १ सय करोड क्लब नजिक

डिसी नेपाल
२ जेठ २०८० ९:२९
7.3k
Shares

काठमाडौँ। जब बलिउड बक्स अफिसमा एक हप्तामा कति कमाई लिन सफल भयो भनेर सबैको नजर परिरहेको हुन्छ।

तर, अपत्यारिलो रुपमा एउटा मलयालम फिल्मले भने बक्स अफिसमा झन्डै १ सय करोडको हाराहारीमा कमाई गरिरहेको छ। एउटा वास्तविक घटनालाई पर्दामा उतारिएको चलचित्र ‘२०१८, एभरीवान इज अ हिरो’ नामक मलयालम चलचित्रले अकल्पनीय रुपमा ग्रस कलेक्सन गरे पछि यसको तारिफ गर्नेहरु दिनप्रतिदिन बढेका छन्। र, सो फिल्म हेरे पछि फिल्म क्रिटिक्सहरुले पनि राम्रो प्रतिक्रिया दिइरहेका छन्।

‘२०१८ः एवरीवन इज ए हीरो’  विश्व भरीका फिल्म घरहरूमा धुम मचाउन सफल भएको हो। फिल्म बजारमा ९ दिनमा नै मलयालम भाषीहरुबाट लगभग ५.६ करोडको कलेक्सन गरेको छ। मोलीउडको इतिहासमा यो पहिलो पटक यति धेरै कलेक्सन गरेको जनाईएको छ।

साथै, विश्वभरीवाट भने ८० करोड भन्दा बढीको कमाई गरिसकेका छ र पब्लिक माउथ प्रोमोसनका कारण झन्डै १०० करोडको हाराहारीमा यसले कमाई गर्ने जनाईएको छ। यो फिल्म जूड एन्थनी जोसेफले निर्देशन गरेका हुन्।

लगभग १२ करोड रुपैँयामा निमार्ण भएको चलचित्रले १ सय करोड बराबर कमाई गरे पछि यसको झन चर्चा परिचर्चा सुरु हुन थालेको छ। यो फिल्म केरलामा गएको एउटा बाढीको घटनामा आधारित रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *