प्रतिनिधि सभा अन्तर्गतका बिषयगत समितिहरु क्रियाशिल {भिडियो}

डिसी नेपाल
२ जेठ २०८० १३:०९

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतका बिषयगत समितिहरु क्रियाशिल भएका छन् । मंगलबार सिंहदरबारमा संसदीय समितिहरुको बैठक बसेको हो । समिति बैठकहरुको ज्येष्ठ सदस्यहरुले सभापतिको भूमिका निर्वाह गरेका थिए । केहि दिन पछि समितिहरुको सभापतिको निर्वाचन गर्ने संसद सचिवालयको तयारी छ ।

समितिहरुको पहिलो बैठकमा परिचयात्मक तथा स्वागतका साथै बिषयगत रुपमा सांसदहरुले धारणा राखेका थिए भने केहि समितिले सरकारले निर्देशन समेत दिएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, राज्यव्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, लेखा, कृषि स्रोत, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समिति रहेका छन् ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *