एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी ‘हापा अवार्ड’ बाट सम्मानित

डिसी नेपाल
२ जेठ २०८० १४:५५

मलेसिया। गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाका सचिव नारायण अधिकारी मलेसियाको हस्पिटालिटि क्षेत्रको सर्वश्रेस्ठ अवार्ड हापा अवार्डबाट सम्मानित भएका छन ।

हालै मलेसियामा आयोजित एक कार्यक्रममा एनआरएनए मलेसियाका सचिव अधिकारीलाई मलेसियाको हस्पिटालिटि क्षेत्रको सर्वश्रेस्ठ अवार्ड हापा अवार्ड २०२३ बाट सम्मानित गरिएको हो ।

हालै आयोजित एक कार्यक्रमका बीच रक क्याफे एन्ड बार,रक बटम एन्ड बार र ओलिभ किचन एन्ड बारका सिनियर मेनेजर अधिकारीलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।

मलेसियाको हस्पिटालिटि क्षेत्रको सबैभन्दा ठुलो अवार्ड हाफा अवार्ड अधिकारीले मलेसियामा पर्यटन व्यवसायको पर्वर्दन र हस्पिटालिटि क्षेत्रमा गरेको विशेष योगदानका कारण उनलाई उक्त सम्मानबाट सम्मानित गरिएको हो ।

दुई दशकभन्दा लामो समयदेखि होटल तथा हस्पिटालिटि क्षेत्रमा आबद्ध अधिकारी यसअघि पनि यस्ता आधा दर्जनभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मानद्वारा सम्मानित भइसकेका छन ।

हाफाले हरेक बर्ष आयोजना गर्ने यस कार्यक्रमका लागी मलेसियाभरका होटल,रेस्टुरेन्ट,ट्राभल्स लगाएत हस्पिटालिटि क्षेत्रमा आबद्ध ब्यावसायीहरुले सहभागी जनाउने गरेका छन ।

हापा अवार्डद्वारा सम्मानित भएपछि खुशी ब्यक्त गर्दै एनआरएनए मलेसियाका सचिव अधिकारीले आफूले गरेको मेहनतको फल प्राप्त गरेकोमा खुशी ब्यक्त गरे ।

उक्त अवार्डबाट सम्मानित हुने अधिकारी पहिलो नेपाली रहेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *