‘डन ३’ बाट बाहिरिए शाहरुख खान

डिसी नेपाल
३ जेठ २०८० ११:२८
6.8k
Shares

मुम्बई। अभिनेता शाहरुख खान बिनाको फिल्म ‘डन’ कस्तो होला ? फिल्म ‘डन’ र ‘डन २’मा प्रमुख भूमिकामा अभिनय गरेका अभिनेता शाहरुख अब ‘डन ३’मा भने नदेखिने भएका छन्।

फिल्म ‘पठान’को सफलतामा रमाइरहेका शाहरुखले ‘डन ३’मा अभिनय नगर्ने भएपछि निर्देशक फरहान अख्तर र एक्सल इन्टरटेनमेन्टले शाहरुखको स्थानमा नयाँ कलाकार खोजिरहेका छन्।

फरहान र एक्सनले शाहरुखको स्थानमा रणवीर सिंह वा ऋतिक रोशन कसलाई लिने भनेर छलफल गरिरहेका छन्। फिल्मबाट शाहरुख पछाडि हटेको समाचार सार्वजनिक भएपछि फिल्मका फ्यानले पनि ऋतिक अथवा रणवीर हुनुपर्ने माग गरेका छन्।

कतिपयले रणवीरले चाहिने भन्दा बढी अभिनय गर्ने आरोप लगाएपछि रणवीरभन्दा ऋतिक उपयुक्त रहेको सुझाव दिएका छन्। फिल्मकी अभिनेत्री प्रियंका चोपडाले ऋतिक र रणवीरसँग स्क्रिन शेयर गरिसकेकाले दुई अभिनेतामध्ये कोही एकलाई फरहान र एक्सलले लिने सोच बनाइसकेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *