नेवा: सुपरस्टार सिरपा विजेता घोषणा

डिसी नेपाल
३ जेठ २०८० १४:२५
116
Shares

काठमाडौँ । नेपाल भाषा फिल्म निर्माणको ४ दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवाः सुपरस्टार सिरपा’ कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल नेवाः नेटवर्कले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ सुरज व्यन्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रुपेन्द्र श्रेष्ठ विजेता घोषित भएका छन्।

त्यस्तै महिलातर्फ हिसिला महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, अन्नपूर्णश्वरी श्रेष्ठ र रजनी खड्गी विजेता भए। प्रतियोगितामा कलाकार मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथि थिए।

प्रतियोगिताका लागि २०७७ सालमा प्रतिष्पर्धी छनोट भएका थिए। विजेताले विभिन्न पुरस्कार प्राप्त गरे। कार्यक्रम संयोजक सुरेन्द्र तुलाधरका अनुसार कार्यक्रममा विभिन्न कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए। त्यस्तै गायकगायिकाले नेपाल भाषाका गीत गाएका थिए।

नेटवर्कका संस्थापक अध्यक्ष सुनिलकुमार शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यासुन्दर शाक्य, गोपालकाजी कायस्थ, प्रकाश सायमी, पल्पसा डंगोल, विजयरत्न तुलाधर र यमन श्रेष्ठलगायतको उपस्थिति थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *