‘विवाह’पछि अभिनेत्री अमृता रावलाई विवाह प्रस्तावको ओइरो
मुम्बई। अभिनेत्री अमृता रावले सन् २००६ मा रिलिज फिल्म ‘विवाह’मार्फत बलिउडमा पहिचान पाइन्। यो उनको करियरको सबैभन्दा उत्कृष्ट र हिट फिल्ममध्ये एक हो।
हालैमात्र उनले फिल्ममा काम गर्दाको अनुभव सुनाएकी थिइन्। उनका अनुसार ‘विवाह’मा काम गरेपछि उनलाई टाढा–टाढाबाट विवाहको प्रस्ताव आएका थिए।
प्रोडक्सन व्यानर राजश्री प्रोडक्सनको युट्युब च्यानललाई दिएको अन्तर्वार्तमा अमृताले फिल्मको दिनको सम्झना गरेकी छन्। ‘जब फिल्म रिलिज भयो, तब मलाई विवाहका लागि धेरै प्रस्ताव आउन थाले। भारतमा त्यो बेला यति धेरै स्मार्ट फोन थिएनन्, त्यहीकारण मलाई धेरै चिठी क्यानडा र अमेरिकाबाट आए,’ अमृता भन्छिन्।
अमृताका अनुसार उनलाई मानिसहरुले आफ्नो घर, आमा र कारको तस्वीर पठाउँथे। ‘यी कुरा देखेर मलाई हाँस उठ्थ्यो । तर जब म पछाडि फर्किन्छु, एउटा भूमिकाको असर मानिसमा कतिसम्म पर्दोरहेछ भनेर चित्त बुझाउँछ। यो निकै जादुमयी कुरा थियो’, अमृता बताउँछिन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment