मेलिना र प्रतापको ‘यो खुसीको पल’मा विजय र सुमी

डिसी नेपाल
५ जेठ २०८० १२:०२
376
Shares

काठमाडौँ। गायिका मेलिना राई र गायक प्रताप दासको स्वरमा तयार ‘यो खुसीको पल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

अमेरिकामा रहेका गीतकार बुद्धिमान थापाको शब्द सृजना रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ। गीतमा नरेन्द्र वियोगीको एरेन्ज छ। रमाइलोशैलीको प्रेम र रोमान्सले भरिएको गीतले एक जोडीको सुखद र रोमान्टिक प्रेम कथालाई देखाएको छ।

ख्याल ख्यालैमा माया बसेको दृश्यमा मोडलद्वय विजय पुन र सुमी श्रेष्ठ गज्जबले खुलेका छन्। भिडियोमा गीतकार थापा स्वयं र जमुना मगरको पनि अभिनय छ। भिडियोको निर्देशन निर्देशक केशवराज भट्टले गरेका हुन्।

जसमा प्रकाश खड्काको छायांकन तथा बन्दे पाण्डेको सम्पादन रहेको छ। गायक थापाले यसअघि सिधा मन, यो जुनीमा, भएन रे, डोलीमा, लगायत १ दर्जन बढी गीत बजारमा ल्याएका छन्। भुटनिज क्रियटिभ टिम इन नेब्रस्काको सहयोगमा तयार भिडियो इन्टरटेनमेन्ट संसार नामक युट्युबबाट बजारमा आएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *