सरकारले देशभर बिमाको पहुँच विस्तार गर्ने

डिसी नेपाल
५ जेठ २०८० १७:३४
100
Shares

काठमाडौं । सरकारले देशभर बिमाको पहुँच विस्तार गर्दै न्यून आय भएका वर्ग र समुदायलाई लक्षित लघुबिमा कार्यक्रमलाई ल्याउने भएको छ ।

सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहमार्फत न्यून आय भएका वर्ग र समुदायका लागि बिमा कार्यक्रम अघि बढाउने जानकारी दिएका हुन् ।

देशभर बिमाको पहुँच विस्तार गरिने र  न्यून आय भएका वर्ग र समुदायलाई स्थानीय तहमार्फत लघुबिमा गर्न सहजीकरण गरिने राष्ट्रपति पौडेलले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *