‘र्याप स्टार्स ०.२’ र कमेडिको भिडन्त ‘को बन्छ महागफाडि’ कार्यक्रमको घोषणा
काठमाडौँ। युवा पुस्तामाझ लोकप्रिय सांगितिक विधा र्याप संगीतको प्रतिस्पर्धा ‘र्याप स्टार्स ०.२’ आउने भएको छ। हाल ‘र्याप स्टार्स’ सिजन १ फाइनलको चरणमा रहिरहेको समयमा अर्को सिजनको घोषणा भएको हो।
र्याप विधामा युवापुस्ताको आकर्षण निकै रहेकोले तुरुन्त नयाँ सिजन ल्याउन लागेको आयोजक ग्रिन मन्की फिल्मस् प्रालिले बताएको छ। काठमाण्डौँमा साइनिङ सेरेमोनीको आयोजना गर्दै ‘र्याप स्टार्स’को दोस्रो सिजन ‘ग्यालेक्सी फोर के’ मा आउने बताइएको छ।
हाल पहिलो सिजन ‘स्पेस फोर के’ बाट प्रशारण भइरहेको कार्यक्रमको फाइनल पश्चात दोस्रो सिजन ‘ग्यालेक्सि फोरके’ टेलिभिजन र युट्युबमा ‘जिएम डिजिटल’बाट आउने भएको छ भने वालेट पार्टनर ‘माइ पे’ रहने जानकारी दिइएको छ।
साथै ग्रिन मंकी फिल्मस्ले हाँस्यव्यङ्ग्य प्रतिस्पर्धात्मक कार्यक्रम ‘को बन्छ महागफाडि’ ल्याउने भएको छ। देश तथा विदेशबाट प्रतिभावान कमेडियनहरुको अडिसन गरेर गरिने कार्यक्रम को बन्छ महागफाडीको छिट्टै डिजिटल अडिसन हुने जानकारी दिएको छ। यसको बारेमा थप जानकारी अर्को पत्रकार सम्मेलनमा जानकारी गराउने बताइएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment