इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानको आज अन्तिम दिन, काठमाडौँमा आकर्षक घर जित्न सकिने

डिसी नेपाल
७ जेठ २०८० १०:३५
80
Shares

काठमाडौँ। डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले विदेशबाट पैसा पठाउँदा लाग्ने शुल्क कम गरी रेमिट्यान्स बढाउन सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानको आज अन्तिम दिन रहेको छ।

इसेवा मनी ट्रान्सफरले विदेशबाट बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो। कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान मार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो।

७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरूमध्येबाट गोलाप्रथामार्फत केही दिनमा विजेता सार्वजनिक गरिनेछ। कम्पनीले अभियान अवधिभर हरेक महिना एक जनालाई आकर्षक उपहार दिँदै आएको थियो।

विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्राउँदै आएको इसेवा मनि ट्रान्स्फरले ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुईतल्लाको घर प्रदान गर्नेछ।

अभियानका विषयमा इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिट्यान्सको लागत कम गर्न डिजिटल रेमिट्यान्समार्फत ‘मेरो डिजिटल देश’ अभियान सफलता पूर्वक सम्पन्न भएको बताए।

उनले भने,‘ हामीले जुन उदेश्यका साथ यो अभियान सञ्चालन गरेका थियौँ, यसमा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको उत्साहजनक सहभागिता रह्यो। यस अभियानले डिजिटल रेमिट्यान्स्लाई बढाउन हामीलाई थप हौसला मिलेको छ। साथै उनले थप्नुभयो ‘इसेवा मनी ट्रान्सफरले नेपालीहरुले नेपालमा रेमिट्यान्स पठाउँदा लागत कम गर्न जुन अभियान सुरू गरेको थियो, यसमा हामी सफल भएका छौँ।’

इसेवा मनि ट्रान्स्फरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख १२ हजार भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *