८ सयले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
७ जेठ २०८० ११:०३
1.4k
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको हो।

शुक्रबार प्रति तोला १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ८ सयले बढेर प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *