आयुषको ‘माया पनि बसेकै थियो’मा प्रशम्षा (भिडियो)
काठमाडौँ। युवा गायक आयुष मगरले आफ्नो डेब्यु गीत ‘माया पनि बसेकै थियो’ सार्वजनिक गरेका छन्। यो गीत आयुषको स्वर, शब्द र संगीतमा रहेको छ।
गीतलाई उदय राज पौडेलले संगीत संयोजन गरेका हुन्। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतको भिडियोमा प्रिन्स बिश्वकर्मा र प्रशम्षा रायमाझी बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।
शिवराम श्रेष्ठ र सम्सरा कर्माले छायाँकन गरेको यस भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका हुन्। बिजेश र राजनको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो।
भिडियो गायक मगरको युट्युव च्यानल ‘आयुष मगर’ मार्फत भिडियो तयार पारिएको हो। हाल अमेरिकामा बस्दै आएका गायक मगरले आफ्नो पहिलो म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment