सरकारको नीति तथा कार्यक्रममाथि अर्थविद्हरुको चिरफार, कसले के भने?
काठमाडौं। सरोकारवालाहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटमार्फत समृद्ध गर्नुपर्नेमा जोड दिएका छन्।
रिपोटर्स क्लव नेपालले आइतबार काठमाडौंमा गरेको साक्षात्कारमा उनीहरुले सरकारको नीति तथा कार्यक्रममै अस्पष्टता रहेको भन्दै बजेटमार्फत समृद्ध गर्नुपर्नेमा जोड दिएका हुन् ।
अर्थविद डा. चन्द्रमणि अधिकारीले सरकारको नीति तथा कार्यक्रममै अस्पष्टता रहेको बताए। उनले सरकारले अघिल्ला बुँदाहरुमा सबै क्षेत्रमा सकारात्मकता देखाएपनि पछिल्ला बुँदामा मूल्यवृद्धि, खर्चलगायतका विषयमा समस्या देखाएको बताए।।
यस्तै, अर्थविद् डा. गोपीलाल न्यौपानेले सरकारले नेपालमा बन्द भएका उद्योगहरु सञ्चालन गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरेपनि के कारणले ती उद्योगहरु बन्द भएका थिए भनेर पहिचान नगरेको टिप्पणी गरे।
नीति तथा कार्यक्रममा नेपालमा मल कारखाना खोल्ने उल्लेख गरेपनि कारखाना खोल्नका लागि लगानी कहाँबाट ल्याउने भन्नेतर्फ सोच्न नसकेको उनले बताए।
त्यस्तै, अर्थविद् डा. डिल्लीराज खनालले अर्थतन्त्रमा रहेको समस्या समाधानको अभ्यासलाई सम्बोधन गर्नेगरि सरकारका नीति तथा कार्यक्रम आउनुपर्ने भएपनि त्यसो हुन नसकेको बताए। उनले सरकारका नीति तथा कार्यक्रमबीचमै अन्तरविरोध रहेको जिकिर गरे।
उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुवोधकुमार गुप्ताले अहिलेको आर्थिक समस्याको समाधानको लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र सरोकारवाला विभिन्न निकायबीच समन्वयको अभाव रहेको बताए।







डिसी नेपाल







Facebook Comment