यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
८ जेठ २०८० ८:५१
396
Shares

काठमाडौँ। अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ९६ पैसा र बिक्री दर १३२ रूपैयाँ ५६ पैसा कायम गरिएको छ।

यता, युरोपियन युरोको खरिद दर १४२ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४३ रुपैयाँ २२ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ २४ पैसा र बिक्रीदर १६४ रुपैयाँ ९८ पैसा, अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ७७ पैसा र बिक्रीमा ८८ रुपैयाँ १७ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९८ रुपैयाँ १९ पैसा निर्धारण गरेको छ।

यस्तै, जापानी यन एकको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा र चाइनिज युअन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।

यता, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४२ पैसा कायम गरिएको छ। युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ९३ पैसा र बिक्रीमा ३६ रुपैयाँ १० पैसा, साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ १९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ०८ पैसा र बिक्रीदर २९ रुपैयाँ २१ पैसा कायम गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *