नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ९६ हजार ८३३ कित्ता संस्थापक सेयर बिक्री ल्याएको छ। बैंकले संस्थापक सेयरधनीको नाममा भएको उक्त सेयर बिक्रीमा ल्याएको हो।
यस सेयरमा हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौँको दरबारमार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या र प्रतिकित्ता दररेट खुलाई बोलपत्र पेस गर्नुपर्नेछ।
तोकिएको समयपछि संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment