अनैतिक कार्यमा लगाउने होटेल सञ्चालक पक्राउ, तीन किशोरीको उद्धार

डिसी नेपाल
८ जेठ २०८० १०:४३
408
Shares

बनेपा। काभ्रे प्रहरीले किशोरीहरुलाई यौनधन्दामा लगाउने एक युवकलाई पक्राउ गरेको छ। बनेपा–८ मा लामा क्याफे सञ्चालन गर्दै आएका रोशी गाउँपालिका– ६ का २९ वर्षीय राधाकृष्ण मैनालीलाई प्रहरीले पक्राउ गरेको हो।

बनेपा–८ स्थित उक्त क्याफेमा अनैतिक क्रियाकलाप भएको उजुरी पछि सो क्याफेका सञ्चालक मैनालीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय, बनेपाका प्रमुख रेशम बोहोरा जानकारीले दिए। उनका अनुसार उक्त होटलबाट अनैतिक कार्यमा संलग्न गराईएका ३ जना किशोरीहरूलाई उद्धारसमेत गरिएको छ।

जिल्ला अदालत धुलिखेलबाट ७ दिने म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *