हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

डिसी नेपाल
८ जेठ २०८० १०:४८
900
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। सोमबार सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको हो।

आइतबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भईरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *