दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २९ वर्षीय व्यक्ति पक्राउ

डिसी नेपाल
८ जेठ २०८० १३:४९
288
Shares

काठमाडौँ। वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका-६ कात्तिके देउराली घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० कपन आकाशेधारा बस्ने २९ वर्षीय उमेश रिमाल रहेका छन्।

रिमाल समेतले १७ जना पीडितलाई वैदेशिक रोजगारका लागि दुबई पठाई कुखुरा फर्ममा काम लगाईदिन्छु, मासिक ५० हजार रूपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी ९ लाख ५० हजार रूपैयाँ रकम ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वरबाट पक्राउ गरेको हो।

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *