कुमारी बैंककाे ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर लिलामीमा
काठमाडौँ। कुमारी बैंकले साेमबारदेखि ३ लाख १६ हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ। यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन्।
यसमा न्यूनतम ११० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा असार १० गतेसम्म आवेदन दिन मिल्नेछ।
बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट, नारायणचौर काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment