८.१० अंकले बढ्यो सेयर बजार, १ अर्ब २७ करोड माथिको कारोबार

डिसी नेपाल
८ जेठ २०८० १५:१२
92
Shares

काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार बढेको छ। सोमबार नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५४ अंकले बढेर ३५८.८८ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २७२ कम्पनीको ३४ लाख ९५ हजार ७५२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २७ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ। यसको आज ७ करोड भन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : सोल्टी होटल्स र ओरेन्टल होटल्सको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटै उपसूचकमध्ये २ उपसूचक घटेको छ भने बाँकी सबै उपसूचक बढेको छ। आजको कारोबारमा आत्मनिर्भर लघुवित्त र युनिलिभर नेपालका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, ग्रीन लाइफ हाइड्रोपावर र नयाँ सारथी लघुवित्तका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *