सेयर बजारमा सकारात्मक माहोल

डिसी नेपाल
९ जेठ २०८० १३:००
232
Shares

काठमाडौँ। सेयर बजारमा सकारात्मक माहोल बन्दै गएको छ। नेप्से सूचकका साथमा औसतमा खरिदबिक्री रकम पनि विस्तार हुन थालेको छ। यसैक्रममा मंगलबार इन्ट्रा डे कारोबारमा नेप्से सूचक १९ सय विन्दुभन्दा माथि पुगेर कारोबार भइरहेको छ।

४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ। आम लगानीकर्ताका लागि मनोवैज्ञानिक रुपमा महत्व राख्ने १९ सय विन्दुलाई नेप्सेले पार गरेको हो।

बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ। ब्याजदर घट्न थालेको छ। बैंकर्स संघले असारमा कर्जाको ब्याजदर थप घट्ने र तरलता पनि ह्वात्तै बढ्छ भनेपछि सेयर बजारमा थप सकारात्मक प्रभाव परेको अनुमान गरिएको छ।

यसैगरी, धितोपत्र बोर्डले ७ वटा नयाँ ब्रोकरलाई लाइसेन्स दिएको छ। अब अरु थपले पनि धमाधम लाइसेन्स पाउँदैछन्। यसको सकारात्मक प्रभाव पनि बजारमा परेको अनुमान छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *