स्वावलम्बन लघुवित्तको संस्थापक सेयर साधारणमा परिणत

डिसी नेपाल
९ जेठ २०८० १३:२७
92
Shares

काठमाडौँ। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ। संस्थाको १२ लाख ९० हजार ४ सय ९६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत गरेको हो।

उक्त सेयर संरचना परिवर्तन भएसँगै कम्पनीको संस्थापकको ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत स्वामित्व कायम भएको छ। यस अघि संस्थाको संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व रहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *