सभामुख र प्रमुख प्रतिपक्षी दलको नेतालाई लिएर सुदूरपश्चिमका सिंगो मन्त्रिपरिषद् सिंहदरबारमा

डिसी नेपाल
९ जेठ २०८० १४:३६

काठमाडौं। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलिले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठलाई भेटेको छ।

सुदुरपश्चिम प्रदेशका सभामुख भिमबहादुर भण्डारी तथा प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका निवर्तमान मुख्यमन्त्री साथै कृषि बाहेकका सबै मन्त्रीहरुसहित मुख्यमन्त्री शाहले आयोगका उपाध्यक्ष श्रेष्ठलाई भेटेका हुन्।

भेटमा मूख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमकितामा राख्न अनुरोध गरेका छन्। अथाह सम्भावनाहरु भएर पनि सुदरपश्चि पछाडि परेको भन्दै उनले आयोगको ध्यानाकर्षण गराए।

भेटमा आयोगका उपाध्यक्ष डा. श्रेष्ठले बजेटमा माग्न सिंहदरबार धाउनु पर्ने बाध्यता अब हटेको बताएका थिए। कुनै बेला काठमाडौं आउनका लागि भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेका सुदुरपश्चिम टाढा जस्तो लागे पनि अहिले सुदूरपश्चिम काठमाडौंको धेरै टाढा नरहेको सुनाए।

सुदूरपश्चिमलाई सरकारले ल्याएको नीति तथा कार्यक्रमले राम्रै समेटेको भन्दै बजेटले पनि राम्रै स्थान दिनेमा ढुक्क रहन उनले सुझाव दिए।

‘सिंहदरबारबाट सुदुरपश्चिम र कर्णालीका योजना बनाएर हुँदैन भनेर नै संघीयता आएको हो’ उनले भने, ‘त्यो कुरा हामी सबैले बुझ्नु पर्‍याे, सुदूर र कर्णालीका योजना सुदूर कर्णालीले नै बनाउने हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *