दुई कम्पनीको सेयर भाउमा पोजेटिभ सर्किट

डिसी नेपाल
९ जेठ २०८० १४:५२

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।

मंगलबारको कारोबारमा खप्तर्ड लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर भाउमा सकारात्मक सर्किट लागेको हो। यी दुईवटै कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेर सर्किट लागेको हो।

खप्तर्ड लघुवित्तको सेयर भाउ ८२ रुपैयाँ २० पैसाले बढेर ९ सय ४ रुपैयाँ २० पैसा र आत्मनिर्भर लघुवित्तको सेयर भाउ १ सय २४ रुपैयाँ २० पैसाले बढेर १ हजार ३ सय ६६ रुपैयाँ ४० पैसा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *