सेयर बजारमा हरियाली, ५१.३१ अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
९ जेठ २०८० १५:१७
208
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । नेप्से परिसूचक ५१.३१ अंकले बढेर १९४२.६३ विन्दु कायम भएको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.८५ अंकले बढेर ३६७.७४ विन्दुमा पुगेको छ।

नेप्सेमा कूल २७१ कम्पनीको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

नेप्से इन्डेक्ससँगै सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ फ्लोट इन्डेक्समा पनि हरियो देखिएको छ। सोमबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ। यसको आज १० करोड भन्दा बढीको कारोबार भएको छ। त्यस्तै क्रमश : नेपाल दूरसञ्चार कम्पनी र एनआईसी एशिया बैंकको कारोबार भएको छ।

खप्तर्ड लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। यी दुवै कम्पनीका लगानीकर्ताले अत्याधिक कमाएका छन्। सनराइज फर्स्ट म्युचुअल फण्ड र ग्लोबल आइएमई बैंक ऋणपत्रका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *