‘नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाल र नेपालीको छवि भुमिल हुन पुगेको छ’
काठमाडौं। नेपाल जेष्ठ प्राध्यापक समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कडा कारवाही गर्न माग गरेको छ।
समाजले एक विज्ञप्ति जारी गर्दै नक्कली अवैध भुटानी शरणार्थी प्रकरणले नेपाल र नेपालीकाले गर्विलो इतहासमा कालो पोत्ने काम गरेको तथा नेपाल र नेपालीको छवि विश्व सामु भुमिल हुन पुगेको उल्लेख गरेको छ।
समाजका अध्यक्ष डा. विमलकुमार शर्मा ढकाल र महासचिव प्रा डा सिद्धिप्रसाद कोइरालाले जानकारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालले उत्तर र दक्षिणतर्फका शरणार्थीहरूलाई प्राचीन समयदेखि नै शरण दिँदै आएको इतिहास छ। तर, आज अरूलाई शरण दिने नेपाली नै नक्कली शरणार्थीका रूपमा दर्ज हुनु लाजमर्दो विषय हो। यसबाट आम नेपालीको शिर निहुरिएको छ।’
नेपाल जेष्ठ प्राध्यापक समाज, अनुभवी निवृत्त प्राध्यापकहरू सदस्य भएको संस्था हो।
समाजले जारी गरेको विज्ञप्तिमा ‘वर्तमान भुटानी शरणार्थी पुनस्र्थापनामा नेपालको उच्च तहका राजनीतिक व्यक्तिहरूसमेत संलग्न रहेको कुरा बाहिर आएकोमा समाजको गम्भीर ध्यान आकर्षण भएको छ। यो समस्यालाई सरकार तथा न्याय प्रशासनले गम्भीर रूपमा लिनेमा हामी विश्वस्त छौँ,’ भनिएको छ।
राष्ट्रघाती तथा देशको शिर निहुरिने काममा संलग्न जोसुकैलाई अनुसन्धानको दायरामा ल्याउने र दोषीलाई दण्डित गर्नका लागि सरोकारवालाहरूले खुट्टा कमाउने छैनन् भन्ने समाज विस्वस्त रहेको विज्ञप्तिमा उल्लेख छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment