अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १९ पैसा र बिक्री दर १३२ रूपैयाँ ७९ पैसा कायम गरिएको छ। मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रूपैयाँ २३ पैसा र बिक्री दर १३२ रूपैयाँ ८३ पैसा रहेको थियो।
यता, युरोपियन युरोको खरिद दर १४२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ११ पैसा तोकिएको छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४७ पैसा, अष्ट्रेलियन डलरको एकको खरिदमा ८७ रुपैयाँ ५४ पैसा र बिक्रीमा ८७ रुपैयाँ ९३ पैसा र क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ६९ पैसा र बिक्रीमा ९८ रुपैयाँ १३ पैसा निर्धारण गरेको छ।
यस्तै, जापानी यन एकको खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा र चाइनिज युअन एकको खरिददर १८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १८ रुपैयाँ ८२ पैसा कायम गरिएको छ।
यता, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा कायम गरिएको छ। युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ र बिक्रीमा ३६ रुपैयाँ १६ पैसा, साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ २५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४१ पैसा र मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ९३ पैसा र बिक्रीदर २९ रुपैयाँ ०६ पैसा कायम गरिएको छ।







डिसी नेपाल







Facebook Comment