नदीमा डुबेर दुई युवतीको मृत्यु

डिसी नेपाल
१० जेठ २०८० ९:०३
1.2k
Shares

खजुरा। बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ। डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मंगलबार साँझ डुबेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो। उनीहरु ६ जनाको समूहमा वनभोज खान गएका थिए। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *