कामना सेवा विकास बैंकको २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौँ। कामना सेवा विकास बैंकले २ लाख ४४ हजार ९५४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। संस्थापक सेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो।
सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवेदन दिन सक्नेछन्। यसअघि ३५ दिनको सूचना जारी गरी संस्थापक सेयरधनीहरुलाई बिक्री खुला गरिएकोमा आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको बैंकले जनाएको छ।
अब यो सेयरमा ३५ दिनभित्र आवश्यक कागज प्रमाण संलग्न गरी काठमाण्डौको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर संख्या र दररेट खुलाई खरिद आवेदन दिनुपर्नेछ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment