ह्वात्तै घट्यो सुनको मूल्य

डिसी नेपाल
११ जेठ २०८० १०:४८

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको हो।

बुधबार प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार रुपैयाँले घटेर प्रति तोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भईरहेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *