मिस हेरिटेज ग्लोबलमा नेपालकी मुना
काठमाडौँ। आगामी २३ सेप्टेम्बर, २०२३ मा दक्षिण अफ्रिकामा हुने ‘मिस हेरिटेज ग्लोबल’को फिनालेमा नेपालको प्रतिनिधित्व चितवन भरतपुरकी २७ वर्षीया मुना रिजालले गर्ने भएकी छन्। उनी गत जेठ ४ गते राजधानीमा भएको ‘मिस हेरिटेज ग्लोबल नेपाल २०२३’ की विजेता हुन्।
प्रतियोगिताका लागि मुना आगामी ७ सेप्टेम्बरमा दक्षिण अफ्रिका पुग्नेछिन्। मुनाले त्यहाँ नेपालको सम्पदा झल्कने करिब ५ मिनेटको परिचयात्मक भिडियो प्रस्तुत गर्नेछिन्। उनले विश्वका ५५ देशका सुन्दरीको सहभागिता रहने प्रतियोगिताका सहभागीबिच नेपालको कला, संस्कृति, सम्पदा र सौन्दर्य प्रस्तुत गर्नेछिन्।
‘मिस हेरिटेज ग्लोबल नेपाल’का नेशनल डाइरेक्टर उद्धव अधिकारीले नेपालले पाएको यो अवसरको भरपुर सदुपयोग गर्दै मुनाले विश्व मञ्चमा नेपाललाई चिनाउन सहयोग पुर्याउने बताए।
भारतको बेङ्गलोरबाट उच्च शिक्षा हासिल गरेकी मुनाले त्यहाँकोे राजीव गान्धी विश्वविद्यालयबाट स्नातक गरेकी छन् । मिस हेरिटेज ग्लोबल नेपाल अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस हेरिटेज ग्लोबलको फ्रेन्चाईज प्रतियोगिता हो, जसले नेपालको सांस्कृतिक विविधता र सम्पदालाई संरक्षण्मा सहयोग पुर्याउनुका साथै युवतीहरुलाई आफ्नो प्रतिभा, ज्ञान र सौन्दर्य प्रदर्शन गर्नका लागि प्लेटफर्म उपलब्ध गराउँदै महिला सशक्तिकरणमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment