काभा भलिबल: नेपाल आज काजकस्तानसँग सेमिफाइनलमा भिड्दै
काठमाडौं। काभा महिला भलिबल च्यालेन्ज कपका सेमिफाइनलमा आज नेपालले काजकस्तानसँग सेमिफाइनल खेल खेल्नेछ।
समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले आज काजकस्तानसँग खेल्न लागेको हो। काजकस्तान भने उज्वेकिस्तानलाई पराजित गरेर नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो।
बुधबारकाे खेलमा नेपालले पहिलो सेटमा १२-२५, दोस्रो सेटमा २४-२६, तेस्रो सेट २५-२० र चौथो तथा अन्तिम सेटमा नेपालले २५-२१ ले गुमाउँदै भारतसँग पराजित भएर समूह उपविजेता बनेको हो भने समूह बी को खेलमा काजकस्तानले उज्वेकिस्तानलाई २६-२४, २५-१६, २५-११ र २५-१८ ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।
समूह एको उपबिजेता नेपाल र समूह बिको बिजेता कजकस्ताबिचको खेल आज हुन लागेको हो। सो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ।
No ads found for this position


Facebook Comment