प्रिमियर लिगमा चेल्सीको १६औं हार
काठमाडौं। इंग्लिस प्रिमियर लिगको जारी खेलमा म्यानचेस्टर युनाइटेडले जीत हासिल गरेको छ। युनाइटेडले घरेलु मैदानमा चेल्सीलाई ४-१ को अन्तरले पराजित गरेको हो। प्रिमियर लिगमा चेल्सीको यो १६औं हार हो।
ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलको सुरुवाती छैटौं मिनेटमा क्यासमिरोले सुरुवाती गोल गरेर म्यानचेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए भने पहिलो हाफको इन्ज्युरी समयमा मार्सियालले थप गोल गरे पछि उसको अग्रता दोब्बर हुन पुग्यो।
पहिलो हाफमा २-० ले अघि बढेको म्यानचेस्टरले ७३औं मिनेटमा पेनाल्टी पायो। ब्रुनो फर्नान्डेसले पेनाल्टीमार्फत सानदार गोल गरे पछि म्यानचेस्टर ३-० को फराकिलो अन्तरसहित अघि बढ्ने मौका पायो।
त्यसको केही मिनेट पछि नै अर्थात ७८औं मिनेटमा मार्कस रासफर्डले गोल गर्दै युनाइटेडले ४-० को फराकिलो जीतको दावेदारी प्रस्तुत गरे पनि ८९औं मिनेटमा चेल्सीका जोआओ फेलिक्सले गोल फर्काए पछि खेल ४-१ मा रहन पुग्यो। तर, त्यसपछि दुवै पक्षवाट कुनै गोल हुन नसके पछि म्यानचेस्टर ४-१ को फराकिलो अन्तरसहित बिजयी हुन सफल भयो।
यस जितसँगै म्यानचेस्टरले ३७ खेलबाट ७२ अंक जुटाएको छ भने चेल्सी समान ३७ खेलबाट ४३ अंक जोडेर १२औं स्थानमा रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment