सरसफाइ कार्यक्रममा सहभागी हुन महानगरपालिकाको आग्रह
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले यही जेठ १३ गते विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै सरोकारवाला सबैलाई सहभागी हुन आग्रह गरेको हो।
महानगरपालिकाले स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा बृहत सरसफाइ कार्यक्रम आयोजना गर्न लागेको हो। उक्त कार्यक्रम का.म.पा १६ नं. वडा कार्यालय अगाडी जम्माभाई- नयाँ बजार – बालाजु हुँदै बाइपास सम्म शनिबार बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment