सामाजिक सञ्जालमार्फत नाबालिकमाथि दुर्व्यवहार

डिसी नेपाल
१२ जेठ २०८० १८:१४
52
Shares

काठमाडौं । नाबालिकालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डोटी दिपायल सिलगढी नगरपालिका–१३ ठेगाना भएका ३२ वर्षीय पदम बहादुर खड्का रहेका छन् ।

पीडितले सामाजिक सञ्जालमा राखेको तस्बिर डाउनलोड गरी उक्त तस्बिर राखी नक्कली प्रोफाइल बनाई तस्बिरलाई सम्पादन गरी अश्लील बनाई अपलोड गरेको र पीडितलाई भाइरल बनाउँछु भन्दै सम्पादित तस्बिरहरू पीडित लगायतका साथीहरूलाई समेत पठाई दुःख, हैरानी तथा मानसिक तनाव दिने कार्यमा संलग्न खड्कालाई साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरीले विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा काठमाडौँबाट बिहीबार पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *