हिमालय रोडिज सिजन-५ को अडिसन सुरु

डिसी नेपाल
१२ जेठ २०८० १९:१९
336
Shares

काठमाडौं। हिमालय रोडिज सिजन-५ को ‘फिजिकल अडिसन’ सुरु भएको छ। मुलुकका आठ सहरमा हिमालय रोडिज सिजन-५ को ‘फिजिकल अडिसन’ सुरु भएको हो।

हिमालय टिभीले अडिसन हुने सहर, मिति र समयको घोषणा गरेको छ। जेठ १२ गतेदेखि सुरु भएको ‘फिजिकल अडिसन’ २१ गतेसम्म चल्नेछ।

अडिसन पहिलो दिन बर्दिवासमा, १३ गते इटहरी, १४ गते हेटौंडा, १५ गते भरतपुर, १६ गते बुटवल, १७ गते नेपालगञ्ज, १९ गते पोखरा र २१ गते काठमाडौंमा अडिसन सञ्चालन हुने जनाइएको छ।

रोडिजको पाँचौं सिजनलाई सिमोस सुनुवारले निर्देशन गर्नेछन्। हिमालय रोडिज सिजन ५ को टाइटल स्पोन्सर यामाहा रेसिङ रहेको छ।

यी हुन् अडिसन हुने स्थानः
१२ जेठः यामाहा शोरुम, बर्दिवास

१३ जेठ: यामाहा शोरुम, इटहरी

१४ जेठः यामाहा शोरुम, हेटौंडा
१५ जेठः यामाहा शोरुम, चितवन
१६ जेठः यामाहा शोरुम, बुटवल

१७ जेठः यामाहा शोरुम, नेपालगन्ज

१९ जेठः यामाहा शोरुम, पोखरा

२१ जेठः यामाहा ब्लू स्क्वायर, काठमाडौं

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *