अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सकाे एकीकृत कारोबार सुरु

डिसी नेपाल
१४ जेठ २०८० ११:०५
112
Shares

काठमाडौँ। अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सकाे आइतबारदेखि एकीकृत कारोबार सुरु भएकाे छ। यी दुवै कम्पनी एक आपसमा गाभिएर युनाइटेड अजोड  इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार थालनी गरेका हुन्।

अजोड र युनाइटेडबीच गत पुस २७ गते मर्जर सहमति भएको थियो। प्रभुसँग मर्जर सहमती भाँडीएपछि अजोडले युनाइटेडसँग नयाँ मर्जर सहमति गरेको थियो। नेपाल बीमा प्राधिकरणले यी दुई कम्पनीलाई मर्जरमा जान अन्तिम स्वीकृत दिएपछि एकीकृत काराेबार सुरु गरेका हुन्।

युनाइटेड अजोड  इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७ करोड ९५ लाख रुपैयाँ पुग्नेछ। युनाईटेडको चुक्ता पुँजी १ अर्ब ७ करोड ९५ लाख रुपैयाँ र अजोडको १ अर्ब रुपैयाँ रहेको थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *