अनुष्का भन्छिन्-वर्षमा एउटामात्र फिल्म
मुम्बई। अभिनेत्री अनुष्का शर्मा र उनका क्रिकेटर पति विराट कोहली बलिउडको रुचाइएको जोडीमा पर्दछन्। यो जोडीले पहिलो सन्तानका रुपमा भामिकालाई सन् २०२१ मा स्वागत गरे। अहिले अनुष्का फिल्मभन्दा बढी ब्राण्ड प्रमोसनदेखि सम्झौतामा व्यस्त छिन्।
उनले हालैमात्र भारतीय बलर झुलन गोस्वामीको बायोपिकको काम सकिन्। केही दिनअघिमात्र विराट र अनुष्का बेङ्लोरको पुमाको एक कार्यक्रममा देखिए। जहाँ अनुष्काले विराट र छोरी भामिकासँगै आफ्नो आगामी जीवन र करियरको बारेमा खुलेर कुरा गरिन्।
‘भामिकाको उमेर बढी आमासँग बस्ने उमेर हो। भामिकाका लागि विराट आदर्शवान पिता हुन्। अहिलेको अवस्थामा भामिकालाई विराटको भन्दा पनि मेरो बढी आवश्यकता छ। त्यहीकारण अब म भामिकाकै लागि वर्षमा एउटा मात्र फिल्म गर्न चाहन्छु’, अनुष्का भन्छिन्, ‘अभिनय र परिवारलाई सन्तुलनमा राख्न मैले यो निर्णय लिएकी हुँ। भामिकाका लागि मेरो उपस्थिति र नेतृत्व अनिवार्य भइसकेको छ।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment