आदिपुरुषको तेलुगु राइटस १७० करोडमा बिक्री

डिसी नेपाल
१५ जेठ २०८० ९:२६
344
Shares

मुम्बई। ‘बाहुबली’ स्टार प्रभासको स्टारडम अहिले पनि निकै ठूलो छ। ‘बाहुबली’ रिलिज पछि दुई असफल फिल्मका बाबजुद उनको फ्यान फलोइङमा कुनै कमी आएको छैन। यहीकारण उनको आगामी र पहिलो फूल फ्लेज बलिउड फिल्म ‘आदिपुरुष’प्रति दर्शकको चासो बढ्दो छ।

ओम राउत निर्देशित यो फिल्ममा प्रभास, कृति सेनन, सैफ अली खानलगायतको अभिनय छ। यो फिल्म अब रिलिज अघि नै नाफामा जाने भएको छ। फिल्म हिन्दी, तमिल, तुलुगु, कन्नड र मलयालम भाषामा रिलिज हुँदैछ।

फिल्मको तेलुगु राज्यको थिएट्रिकल राइटस १७० करोडमा बिक्री भएको छ। यो फिलमको हिन्दी र बाँकी भाषाको थिएट्रिकल राइटस पनि बिक्रीको तयारीमा छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *