एमेच्योर विधाकाे सबैभन्दा ठूलो गल्फ प्रतियोगिता आजबाट सुरू
काठमाडौँ। नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता आजदेखि सुरु हुँदैछ। नेपाल गल्फ संघको आयोजनामा गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सुरु हुन लागेको सो प्रतियोगितालाई नेपाल पर्यटन बोर्डले सहयोग गरेको छ।
सो खेलमा नेपालसहित बंगलादेश, भुटान, भारत, पाकिस्तानका गरी ५२ खेलाडीले सहभागिता जनाउने छन्। जसअनुसार टिम इभेन्ट र व्यक्तिगत कुल ४५ पुरुष र ७ महिला खेलाडीले प्रस्पिर्धा गर्नेछन्।
नेपाल गल्फ संघका निर्देशक दीपक आचार्यका अनुसार प्रत्येक दिन १८ होल गरेर तीन दिने प्रतियोगिता कुल ५४ होलको प्रतिस्पर्धा हुनेछ। मे २९ अर्थात सगरमाथा दिवसको अवसरमा यो प्रतियोगिता आयोजना गरिएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment