निर्देशनमा पाइला चाल्दै बोमन इरानी
मुम्बई। बलिउड अभिनेता बोमन इरानीको अभिनयबाट जोकोही प्रभावित छन्। अब यी अभिनेतालाई दर्शकले निर्देशकका रुपमा देख्न पाउने भएका छन्। तर यसका लागि दर्शकले ६ महिना पर्खनुपर्नेछ।
४१ वर्षको उमेरदेखि अभिनयमा पाइला चालेका बोमनले अब पर्दा पछाडि रहेर आफ्नो कला देखाउन लागेका हुन्। ‘म अब फिल्म निर्देशन गर्दैछु। मेरो छोराले फिल्म निर्माण गर्नेछ। फिल्मको कथा लेखिरहेको छ। म आफै पनि अभिनय गर्छु। म यसका लागि ६ महिना खर्चिदैछु’, उनले भनेका छन्।
बोमनका छोरा कायोजीले पनि फिल्म निर्देशन गर्दैछन्। यो कुराको जानकारी बोमनले सामाजिक सञ्जालमार्फत केही समयअघि दिएका थिए। बोमन चाँडै नै निर्देशक राजकुमार हिरानीको फिल्म ‘डंकी’मा देखिँदैछन्। फिल्ममा शाहरुख खान र तापसी पन्नु प्रमुख भूमिकामा छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment