न्यूयोर्कमा ग्लोबल नेपाली फिल्म अवार्ड

डिसी नेपाल
१५ जेठ २०८० १२:२५
88
Shares

काठमाडौँ। सन् २०१६ देखि सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ को छैठौं संस्करण आगामी अगष्ट १२ मा अमेरिकाको न्यूयोर्कमा हुने भएको छ। ’‘नेपाली चलचित्र गाउँदेखि विश्वसम्म’ भन्ने नारासहित हुने अवार्ड न्यूयोर्क क्विन्स शहरको मेलरोज बलरुममा हुन लागेको हो।

अवार्डका अध्यक्ष नवराज श्रेष्ठका अनुसार विदेशमा नेपाली फिल्मको प्रवद्र्धन गर्दै नेपालमा फिल्म टुरिजम हबको ढोका खोल्न अवार्ड आयोजना गर्न लागिएको हो। एटिए एभरेष्ट इन्स्योरेन्सको मुख्य प्रायोजन र सुनिल पाठक एजेण्ट अल स्टेट इन्स्योरेन्स कम्पनीको सह–प्रायोजनमा हुने अवार्डको होस्ट अर्गनाइजर ड्रिम्स युनिभर्सल एलएलसी न्यूयोर्क रहनेछ।

अवार्डको आयोजक नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड, गोल्डेन स्टेट मुभी मेकर र ८८४८ मिडिया हाउस एलएलसी छन्। अवार्डका अघिल्ला पाँच संस्करण कोलोराडो र सनफ्रान्सिस्कोमा भएका थिए।

आयोजकले अवार्डको लागि फिल्म छनोट समिति गठन भइसकेको र फिल्म छनोटको काम भइरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *