सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्ने काम सक्ने

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने

डिसी नेपाल
१५ जेठ २०८० १८:२४

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ ।

सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने जनाएको छ । सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले विराटनगरमा गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, वैतडीमा दशरथ चन्द क्रिकेट रङ्गशाला, कैलालीमा फाप्ला क्रिकेट रङ्गशाला र काठमाडौंमा सुवर्णशमसेर क्रिकेट रङ्गशाला निर्माण गरिने बताए ।

उनले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट राख्ने काम सक्ने, मूलपानी मैदानको निर्माण पनि आगामी वर्षमा निर्माण सक्ने जानकारी दिए । मार्सल आर्ट खेललाई समुदायस्तरसम्म विकास गर्ने उनले बताए । खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने समेत उनले बताए ।

उनले युवालाई व्यवसाय गर्न सहुलियतपूर्ण कर्जा दिइने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *