दिवा खाजालाई आठ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने
काठमाडौं। नेपाल सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा आज आर्थिक वर्ष २०८०\८१ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा आठ अर्ब ४५ करोड विनियोजन गरिएको बताए।
स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको पौष्टिक आहार उपलब्ध गराइने व्यवस्था मिलाइने र उक्त कार्यक्रमबाट करिब ३२ लाख विद्यार्थी लाभान्वित हुने बजेटमा उल्लेख छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment