टानको ४५औँ स्थापना दिवसमा रक्तदान

डिसी नेपाल
१५ जेठ २०८० १९:४८

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ९टान०को ४५औँ स्थापना दिवसका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

टानले आफ्नो ४५औँ स्थापना दिवसका अवसरमा आज केन्द्रीय कार्यालय मालिगाउँमा रक्तदान कार्यक्रम आयोजना गरेको हो । उक्त रक्तदानमा २४ जनाले रक्तदान गरेको टानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र सेढाईंले जानकारी दिए ।

विगत ४५ वर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा काम गर्दै आएको टानले देशका विभिन्न क्षेत्रमा नयाँ पदमार्ग खोजेर पर्यटन प्रवर्द्धनमा लागेको छ । टानले यसअघि धादिङको रुविभ्याली तथा गोरखाका चुमभ्यालीको नयाँ पदमार्ग खोजेर पर्यटन प्रवर्द्धन गरिसकेको छ ।

यस्तै, टानले पछिल्लो समय विभिन्न स्थानीय तहसँग समन्वय गरेर सो स्थानीय तहको पर्यटन गुरुयोजनासमेत तयार गर्दै आइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *